नियम ५८
विशेष कामको सिलसिलामा खटिएका सशस्त्र प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार
: (१) सशस्त्र प्रहरी अधिकृतले ऐनको दफा ६ बमोजिम खटिएको अवस्थामा कुनै व्यक्ति आपराधिक कृयाकलापमा संलग्न रहेको पाएमा त्यस्तो कृयाकलापमा संलग्न व्यक्ति वा त्यस्तो कृयाकलापसँग सम्बन्धित सामानलाई नियन्त्रणमा लिनु वा अपराध हुनबाट रोक्नु वा व्यक्ति, संस्था, भवन, स्थान, संरचना वा कामको सुरक्षा प्रदान गर्नु त्यस्तो सशस्त्र प्रहरी अधिकृतको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम नियन्त्रणमा लिइएको व्यक्तिको हकमा नियम १६३ बमोजिम र सामानको हकमा फेहरिस्त सहित यथासिघ्र स्थानीय अन्य प्रहरी वा सम्बन्धित अपराधको अनुसन्धान गर्ने निकाय वा अधिकारीलाई सुम्पनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम खटिएको सशस्त्र प्रहरी कर्मचारीलाई दिएको जिम्मेवारी पूरा गर्न नदिने गरी कसैले जोर जुलुम गर्ने, हात हतियार उठाई वा नउठाई हमला गर्ने वा कर्तव्य पालना गर्न असमर्थ बनाउने कार्य गरेमा वा त्यस्तो कार्य गर्ने प्रयत्न गरेमा यसरी खटिएको सशस्त्र प्रहरी कर्मचारीले आफ्नो जिउ वा आफुले सुरक्षा दिनुपर्ने व्यक्ति वा स्थानको सुरक्षा गर्न वा बचाउ गर्न वा पक्राउ गर्न तत्काल अन्तिम बल प्रयोग नगरी तोकिएको कर्तव्य पालना गर्न नसकिने अवस्था भएमा अन्तिम बल प्रयोग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम असल नियतले काम कारबाही गर्दा वा कर्तव्य पालनाको क्रममा बल प्रयोग गर्दा कुनै व्यक्तिको मृत्यु भएमा वा घाउचोट लागेमा त्यस्ता सशस्त्र प्रहरी कर्मचारी उपर नेपाल सरकारको स्वीकृत नभई मुद्दा चलाउन सकिने छैन ।